२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको तेस्रो विकेट पतन, कुशल मल्ल २ रन जोडेर आउट



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले कुशल मल्ललाई तेस्रो विकेटको रूपमा गुमाएको हो । उनी ९ बलमा २ रन जोडी पेभेलियन फर्किए । हाल क्रीजमा कुशल भुर्तेल र रोहित पौडेल छन् ।

ताजा स्थितिमा नेपालले १४ ओभरमा ३ विकेट गुमाएर ५८ रन जोडेको छ ।