२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाको सहज जित, एट्लेटिकोले पुछारको अल्मेरियासँग अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई फराकिलो जित दिलाउन राफिन्हा, जोआओ फेलिक्स, फ्रेंकी डी योङ र फेर्मिन लोपेजले एक–एक गोल गरे ।

बार्सिलोना २६ खेलबाट ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । गेटाफे ३४ अंकसहित १० औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा अल्मेरिया र एट्लेटिको मड्रिडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल्मेरियाका लागि दुबै गोल लुका रोमेरोले गरेका थिए भने एट्लेटिकोका लागि एंगेल कोरीया र रोड्रीगो डी पलले गोल गरेका थिए ।

एट्लेटिको २६ खेलमा ५२ अंकसहित तालिकाको चौंथो स्थानमा छ भने अल्मेरिया ९ अंकका साथ पुछारमा छ ।