१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासललाई आर्सनलले ४–१ गोलले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन काई हाभेट्र्ज, बुकायो साका र जाकुव कीवीअरले १–१ गोल गरे ।

एक गोल भने आर्सनलले उपहारस्वरुप पाएको थियो । खेलको १८ औं मिनेटमा न्युक्यासलका स्भेन बोटम्यानले आत्मघाती गोल गरेका थिए ।

न्युक्यासलका लागि ज्याक विलोकले एक गोल गरे । यो नतिजासँगै आर्सनल २६ खेलबाट ५८ अंकसहति तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल ३७ अंकका साथ आठौं स्थानमा छ ।