२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका पूर्वमहामन्त्री कोइरालाको चियापान आज



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएकाहरुलाई चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् ।

कोइरालाले लैनचौरस्थित लैनचौर ब्याङ्केटमा आज चियापान कार्यक्रम आयोजना गरेका हुन् । बिहान ८ वजेदेखि १० वजेसम्म चल्ने कार्यक्रममा उनले महासमिति सदस्यहरुलाई बोलाएका छन् ।

डा. कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्– ‘नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउनुभएका महासमिति सदस्यहरु तथा सम्पूर्ण साथीहरुको सम्मानमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित लागि हार्दिक अनुरोध गर्दछु।’

महासमिति बैठकमा बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा डा कोइरालाले चियापान कार्यक्रम मार्फत सवैलाई एकै स्थानमा जम्मा गर्न लागेका हुन् । बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा कोइरालाले चियापान कार्यक्रम गर्दै आएका छन् । नेपाली कांग्रेसमा चियापानलाई मेलमिलापको संस्कृतिको रुपमा लिने गरिन्छ ।