२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका पूर्वमहामन्त्री कोइरालाको चियापान आज



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएकाहरुलाई चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् ।

कोइरालाले लैनचौरस्थित लैनचौर ब्याङ्केटमा आज चियापान कार्यक्रम आयोजना गरेका हुन् । बिहान ८ वजेदेखि १० वजेसम्म चल्ने कार्यक्रममा उनले महासमिति सदस्यहरुलाई बोलाएका छन् ।

डा. कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्– ‘नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउनुभएका महासमिति सदस्यहरु तथा सम्पूर्ण साथीहरुको सम्मानमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित लागि हार्दिक अनुरोध गर्दछु।’

महासमिति बैठकमा बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा डा कोइरालाले चियापान कार्यक्रम मार्फत सवैलाई एकै स्थानमा जम्मा गर्न लागेका हुन् । बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा कोइरालाले चियापान कार्यक्रम गर्दै आएका छन् । नेपाली कांग्रेसमा चियापानलाई मेलमिलापको संस्कृतिको रुपमा लिने गरिन्छ ।