२६ भाद्र २०८३, शुक्रबार
,
Latest
ग्रिन आर्मीको गतिविधिमाथि प्रश्न, सर्वोच्चमा रिट लागुऔषधसहित १७ जना पक्राउ भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको शव फेला, ५ हजार १३० अझै बेपत्ता राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय र बाढीबाट भएको क्षतिबारे आवाज उठाउने भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई अस्वस्थ बताउँदै रणजी खेल छाडेका श्रेयस फिट भएको खुलासा, आईपीएलका लागि झुटो बोले !



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान श्रेयस अय्यरले बुधबार अनफिट भएकाले रणजी ट्रफी खेल्न नसक्ने बताएका थिए । अब बिहीबार एनसीए खेलकुद विज्ञान तथा मेडिसिन प्रमुख नितिन पटेलले श्रेयस फिट रहेको बताएका छन् । उनले चयनकर्ताहरूलाई इमेल गरे र अय्यरलाई नयाँ चोट नरहेको र फिट रहेको जानकारी दिए ।

अर्कोतर्फ, मुम्बई क्रिकेट संघ (एमसीए) अधिकारीले श्रेयस आईपीएलको तयारीमा व्यस्त रहेको बताएका छन् । उनी प्रतियोगिताअघि घाइते हुन चाहँदैनन्, त्यसैले उनी घरेलु क्रिकेटबाट टाढा छन् ।

बुधबार मुम्बईले रणजी ट्रफीको क्वाटरफाइनल खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । त्यसमा श्रेयसको नाम थिएन । श्रेयसको ढाडमा चोट लागेको कारणले क्वाटरफाइनल खेल्न नसक्ने संघले जनाएको छ । टोलीको खेल २३ फेब्रुअरीबाट वानखेडे स्टेडियममा बडोदासँग हुनेछ ।

अर्कोतर्फ, इन्डियन एक्सप्रेसका अनुसार नितिन पटेलले इमेलमा लेखेका छन्, ‘श्रेयस अय्यर इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टपछि मात्र खेल्न र छनोटका लागि उपलब्ध थिए । टीम इन्डियाबाट बाहिरिएपछि उनलाई नयाँ चोट लागेको छैन ।’

चोटका कारण श्रेयसले गत सिजन एउटै खेल खेल्न नसकेकाले प्रतियोगिताबाट पैसा पनि पाएनन् । यसपटक उनले आईपीएलमा बढी फोकस गरेका छन्, ताकि उनले टिमको कप्तानीसँगै सबै खेल खेल्न सकून् ।