२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई अस्वस्थ बताउँदै रणजी खेल छाडेका श्रेयस फिट भएको खुलासा, आईपीएलका लागि झुटो बोले !



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान श्रेयस अय्यरले बुधबार अनफिट भएकाले रणजी ट्रफी खेल्न नसक्ने बताएका थिए । अब बिहीबार एनसीए खेलकुद विज्ञान तथा मेडिसिन प्रमुख नितिन पटेलले श्रेयस फिट रहेको बताएका छन् । उनले चयनकर्ताहरूलाई इमेल गरे र अय्यरलाई नयाँ चोट नरहेको र फिट रहेको जानकारी दिए ।

अर्कोतर्फ, मुम्बई क्रिकेट संघ (एमसीए) अधिकारीले श्रेयस आईपीएलको तयारीमा व्यस्त रहेको बताएका छन् । उनी प्रतियोगिताअघि घाइते हुन चाहँदैनन्, त्यसैले उनी घरेलु क्रिकेटबाट टाढा छन् ।

बुधबार मुम्बईले रणजी ट्रफीको क्वाटरफाइनल खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । त्यसमा श्रेयसको नाम थिएन । श्रेयसको ढाडमा चोट लागेको कारणले क्वाटरफाइनल खेल्न नसक्ने संघले जनाएको छ । टोलीको खेल २३ फेब्रुअरीबाट वानखेडे स्टेडियममा बडोदासँग हुनेछ ।

अर्कोतर्फ, इन्डियन एक्सप्रेसका अनुसार नितिन पटेलले इमेलमा लेखेका छन्, ‘श्रेयस अय्यर इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टपछि मात्र खेल्न र छनोटका लागि उपलब्ध थिए । टीम इन्डियाबाट बाहिरिएपछि उनलाई नयाँ चोट लागेको छैन ।’

चोटका कारण श्रेयसले गत सिजन एउटै खेल खेल्न नसकेकाले प्रतियोगिताबाट पैसा पनि पाएनन् । यसपटक उनले आईपीएलमा बढी फोकस गरेका छन्, ताकि उनले टिमको कप्तानीसँगै सबै खेल खेल्न सकून् ।