७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावका कारण आईपीएलका २१ खेलका मात्रै तालिका सार्वजनिक, पहिलो खेलमै धोनी र विराट भिड्ने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ को २१ खेलको तालिका बिहीबार सार्वजनिक गरिएको छ । आमनिर्वाचनका कारण यस सिजनको पूर्ण तालिका सार्वजनिक भएको छैन । दोस्रो चरणको निर्वाचनको कार्यतालिका लोकसभा निर्वाचनको मिति घोषणापछि सार्वजनिक हुनेछ ।

यस सिजनको पहिलो खेल मार्च २२ मा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपौक स्टेडियममा हुनेछ । पहिलो चरणमा मार्च २२ देखि अप्रिल ७ सम्मको कार्यतालिका घोषणा गरिएको छ । यस अवधिमन १७ दिनमा २१ खेलहरू खेलिनेछन्, जसमा ४ डबल हेडरहरू (एक दिनमा दुई खेलहरू) समावेश हुनेछन् ।

चेन्नईले नवौं पटक आईपीएलको कुनै पनि सिजनको पहिलो खेल खेल्नेछ । टोलीले यसअघि ८ पटक यस्तो गरिसकेको छ । चेन्नईले अहिलेसम्म १० फाइनल खेलेको छ, ५ उपाधि जितेको छ ।

आईपीएलको गत सिजनको उपाधि महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले जितेको थियो । अहमदाबादमा भएको फाइनल खेलमा टोलीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा चेन्नई र मुम्बईले ५र५ उपाधि जितेका छन् ।