• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

तीन वर्षअघि सन्यास लिएका टोनी क्रुस जर्मन टोलीमा फर्किए



काठमाडौँ । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस जर्मन राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन् । आगामी जुनदेखि आयोजना हुने युरो कपका लागि उनी टोलीमा फर्किएका हुन् ।

उनी मार्चदेखि टोलीको हिस्सा हुनेछन् । ‘म विश्वस्त छु कि यो टोलीले यूरोमा विशेष गर्न सक्छ र हामी सबै सँगै यसमा विश्वास गर्न सक्छौं’ क्रुसले भने ।

३४ वर्षीय क्रुसले २०२१ मे २२ मा अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए । जर्मनीले २०१४ मा विश्वकप जित्दा क्रुसको प्रदर्शन उच्च थियो । उनी एक प्रमुख खेलाडी थिए ।

२०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुसले १०६ खेलमा १७ गोल गरेका छन् । युरो कप जुन १५ देखि सुरु हुँदैछ । घरेलु टोली जर्मनीले स्कटल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।