२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको निस्कर्ष: ‘सरकार कुटनीतिक मामिलामा चुक्यो, शिक्षामा उदांगो हस्तक्षेप भयो’-पूर्णपाठ सहित



अ+ अ-

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसावले संकटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको पनि बताउनु भयो ।

उहाँले गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको पनि एमालेको निस्कर्ष रहेको बताउनु भयो । उहाँले देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णयक भुमिका खेल्ने बताउनु भयो । उहाँले सरकारका गलत कामहरु र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको ठहर एमालेको रहेको पनि बताउनु भयो ।

उहाँले तस्करी र भ्रष्टाचारमा मन्त्रीहरु नै मुछिए पनि कारबाही गर्न नसकेको, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने मन्त्रीहरुलाई बर्खास्ती गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको बताउनु भयो । उहाँले महंगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि बताउनु भयो । उहाँले सरकारको अकर्मण्यताका कारण भूकम्प पीडितले राहत नपाएर ज्यान गुमाउनुपरेकाले सरकारले विशेष महत्व दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसावले संकटग्रस्त बन्दै गएको छ । देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको छ । देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णयक भुमिका खेल्नेछ । सरकारका गलत कामहरु र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको छ । तस्करी र भ्रष्टाचारमा मन्त्रीहरु नै मुछिएका छन् । मन्त्रीको राष्ट्रिय झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने तर राजीनामा दिन तयार नहुने, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने । यी दोषमा मुछिएका मन्त्रीहरु तत्काल बर्खास्त हुनुपर्छ । सरकारले नागरिकको जीवन साह्रै सस्तो बनायो । बालकुमारी र सर्लाहीको घटना हेर्दा हुन्छ । चल्नुपर्ने कुनै कारण नै होइन, १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको छ । मिटरब्याज पीडितमा हाम्रो चासो छ । कानून पारित भएपनि दोषीले न्याय नपाउने काम छ । पैदलयात्रा गरेर काठमाडौं आउनुपर्ने बाध्यता छ । उनीहरको मागहरु तत्काल पूरा गरियोस् । सहकारी पीडितहरुले विभिन्न ठाउँमा आन्दोलन गर्नुभएको छ, ठगिका जिम्मेवारलाई तत्काल कारबाही गर्नुपर्छ । सहकारीलाई निषेध गर्ने काम गर्नु हुँदैन । दुग्ध उत्पादक किसानहरुले ६ अर्ब भन्दा बढी भुक्तानी नपाएको भन्नेछ, त्यो समस्या तत्काल पूरा गर्न माग गरेका छौँ । महंगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउँछाैँ । भूकम्प पीडितले पाउने ५० हजार पनि पाएका छैनन् । उनीहरुको सरकारको अकर्मण्यताका कारण भएको हो । उनीहरुको अस्थायी आवासको व्यवस्था होस् । सडक दुर्घटना बढेको छ, यसमा ध्यान दिन सुझाव दिन्छाैँ । शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भयो, शिक्षा क्षेत्र अस्तव्यस्त भयो । सरकार कुटनीतिक मामिलामा चुक्यो । विपीन जोशीको रिहाईको पहल गर्न सकेन, रुसी सेना भर्तीमा प्रभावकारी कुटनीतिक पहल गर्न सकेको छैन ।’

पार्टीले सडक दुर्घटना बढ्दासमेत सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भएको, सरकार कुटनीतिक मामिलामा चुकेको निस्कर्ष पार्टीको रहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/02/UMLCentral-Committee-Meeting_Press-Statement-Fagun-10.pdf”]