२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न पाउने



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएसँगै सन्दीपले जेल बाहिर बसेर मुद्दा लड्न लिखित अनुमति पाएका हुन् । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले सन्दीपलाई सो अनुमति दिएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ ।

पुष २५ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसला बदरको मागसहित सन्दीपले केही बेरअघि मात्रै उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन्।