१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.72

Wind: 2.06

Humidity: 87

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीवार प्रचण्ड-नेपाल समूहले राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ  बोलाइएको हो ।

प्रचण्ड-नेपाल समूहले राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।

चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आइपुगेका छन् । स्थायी कमिटी र संसदीय दलको बैठककै बीच काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रचण्ड र माधव नेपालले भेट्ने तयारी छ ।