२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । टी–२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ । स्काई स्टेडियम वेलिङ्टनमा केहीबेरअघि सम्पन्न खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको हो । न्युजिल्यान्डले दिएको २१५ रनको लक्ष्य भेट्टाउन अष्ट्रेलियालाई अन्तिम ओभरको अन्तिम बलसम्म कुर्नुपरेको थियो ।

अष्ट्रेलियाले उक्त लक्ष्य २० ओभरमा शून्य बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो । अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्श ७२ तथा टिम डेभिड ३१ रनमा अविजित रहे । ४४ बल खेलेका मार्शले २ चौका र ७ छक्का प्रहार गरे भने १० बल मात्रै खेलेका डेभिडले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै, ट्रेभिस हेडले २४, डेभिड वार्नरले ३२, ग्लेन म्याक्सवेलले २५ र जोस इङ्लिसले २० रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका मिचेल सान्टनरले २ तथा एडम मिल्ने र लोकी फर्गुसनले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २१५ रन जोड्यो । उसका लागि रचिन रविन्द्रले ६८, डभोन कोनवेले ६३, फिन एलेनले ३२ रन जोड्दा ग्लेन फिलिप्स १९ तथा मार्क चाम्पमान १८ रनमा अविजित रहे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्शले १–१ विकेट लिए । न्युजिल्यान्ड हाल अष्ट्रेलियाको भ्रमणमा रहेको छ ।