१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नेतृत्वमा सरकार बने जनताको अपमान हुन्छ : लालबाबु पण्डित



अ+ अ-

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाएमा  जनमतको अपमान हुने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै पूर्वमन्त्री समेत रहेका पण्डितले नेकपा एकताको सम्भावना समाप्त भइनसकेकाले कांग्रेसको नेतृत्वमा सरकार बनाए जनमतको अपमान हुने बताएका हुन् ।  

‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकाले कही यस्तो अवस्था नआओस् । मेरो यसमा विरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु,’ पण्डितले फेसबूकमा लेखेका छन् । पण्डित पार्टी विभाजनअघि नेकपामा माधव नेपाल निकट मानिन्थे ।

प्रतिनिधिसभा पुनःस्थापना भएको भोलिपल्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।