• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सिरियामाथि नेपालको सहज जित



काठमाडौँ । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध सहज जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपालले सिरियामाथि ४–१ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा भएको खेलमा नेपालको जितमा अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक–एक गोल गरे ।

वाफमा नेपाल र गुआम आमन्त्रित टोलीका रुपमा सहभागि रहेका छन् । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।