• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

सिरियाविरुद्ध पहिलो हाफमा नेपाल ३–१ गोलले अगाडि



काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा नेपालले सिरियासँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफको समाप्तिमा नेपालले सिरिया विरुद्ध ३–१ को अग्रता बनाएको छ ।

खेलको १० औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । सिरियाका किपर र डिफेन्डरबीच तालमेल मिल्न सकेन र कार्किले सदुपयोग गर्दै गोल गरिन् ।

यस्तै, १३ औं मिनेटमा अनिता बस्नेतले कर्नरबाटै उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । १९ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता ३–० ले बढाइन् । उनलाई अमिशा कार्कीले पास उपलब्ध गराइन् ।

४३ औ मिनेटमा फ्रिकिकबाट आएको बलमा गोलकिपर एन्जिला सुब्बाले सन्तुलन गुमाउदा गोल खान पुगिन् र सिरिया १–३ को अवस्थामा आयो ।