२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले नेपाल ‘ए’लाई दियो २ सय ४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ले नेपाल ‘ए’लाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले  ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो ।

क्यानडा–११ को लागि श्रेयस मोभाले सर्वाधिक ६८ रन जोडे । उनले ८२ बदमा ५ चौका प्रहार गरे । यस्तै, ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए । उनीहरुले पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरे । नवनित धालिवालले ६० बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ४६ रन थपे ।

नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । शेर मल्ल र रासिद खानले दुई–दुई विकेट लिदा सागर ढकाल र बसिर अहमदले एक–एक विकेट लिए ।

शृंखलाको पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । तेस्रो एकदिवसीय खेल बिहीबार खेलिने छ ।