• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

बालकुमारी घटनाबारे प्रधानमन्त्री: ‘आज साँझसम्म कुनै निर्णयमा पुग्छु’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाबारे प्रतिवेदन अध्ययन गरिरहेको र आज साँझसम्म आफू कुनै निर्णयमा पुग्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गोरखा पत्रकार समाजको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले आफूले प्रतिवेदन अध्ययन गररहेको र आज साँझसम्म कुनै निर्णयमा पुग्ने बताउनु भएको हो ।

गत पुस १३ गते बालकुमारीमा दुई जनाको मृत्यु हुने गरी भएको घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि गठबन्धनभित्र पनि आन्तरिक छलफल सुरु छ ।

गत ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको थियो । श्रेष्ठले सो प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाउनु भएको छ ।

पुस १३ मा बालकुमारीमा ईपीएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काइरहेका बेला मन्त्री ज्वाला परिस्थितिको आँकलन नै नगरी सोही बाटो हुँदै झण्डा हल्लाएर यात्रारत रहँदा स्थिती असामान्य बनेको थियो । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने पटक–पटक बताउँदै आउनु भएको छ ।