२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनाबारे प्रधानमन्त्री: ‘आज साँझसम्म कुनै निर्णयमा पुग्छु’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाबारे प्रतिवेदन अध्ययन गरिरहेको र आज साँझसम्म आफू कुनै निर्णयमा पुग्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गोरखा पत्रकार समाजको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले आफूले प्रतिवेदन अध्ययन गररहेको र आज साँझसम्म कुनै निर्णयमा पुग्ने बताउनु भएको हो ।

गत पुस १३ गते बालकुमारीमा दुई जनाको मृत्यु हुने गरी भएको घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि गठबन्धनभित्र पनि आन्तरिक छलफल सुरु छ ।

गत ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको थियो । श्रेष्ठले सो प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाउनु भएको छ ।

पुस १३ मा बालकुमारीमा ईपीएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काइरहेका बेला मन्त्री ज्वाला परिस्थितिको आँकलन नै नगरी सोही बाटो हुँदै झण्डा हल्लाएर यात्रारत रहँदा स्थिती असामान्य बनेको थियो । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने पटक–पटक बताउँदै आउनु भएको छ ।