१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टन र क्रिस्टल प्यालेसले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६६ औं मिनेटमा जोर्डन एइउले गोल गर्दै पाहुना टोली क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ८४ औं मिनेटमा अमाडोउ ओनानाले गोल फर्काउँदै एभर्टनलाई हारबाट जोगाए । बराबरीसँगै प्यालेस २५ खेलबाट २५ अंकका साथ १५ औं स्थानमा छ भने एभर्टन २० अंकका साथ १७ औं स्थानमा छ ।