१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा खेल सुरु हुँदैछ । सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ ।

नेपाल ए को मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई मौका दिएको छ । यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई स्थान दिइएको छ ।

नेपाल ‘ए’ टिमः
विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया ।