२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लु वर्ल्ड कलेजद्वारा ५ विशिष्ट व्यक्ति सम्मानित



अ+ अ-

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ ।

प्रज्ञा भवनमा आयोजित मनास्लु सांस्कृतिक एवं सृष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पाँच विभिन्न विधाका विशष्टि व्यक्तिलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा पत्रकारजगदीश खरेल, संगीतकर्मी कुन्ती मोक्तान, राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ छन् । यस्तै, कार्यक्रममा शिक्षासेवीबाट जयन्ती सत्याल अधिकारी र समाजसेवी सम्मान बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्री किरातीले स्रष्टाप्रति गरिएको सम्मानले युवा पुस्तामा स्रष्टाप्रतिको सम्मान बढाएको दावी गर्नुभयो । उहाँले उहाँरुले समाजमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै समाज रुपान्तरणमा सदैव भूमिका खेल्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सञ्चारकर्मी खरेलले पछिल्लो समय युवा पुस्ताको विदेश मोह अस्वभाविक भएको भन्दै अध्ययनको शिलशिलापछि स्वदेश फर्केर देश बनाउन अपिल गर्नुभयो । उहाँले मनास्लु सञ्चारकर्मी सम्मानले थप समाजमा पत्रकारिताको क्षेत्रबाट योगदान गर्न हौसला प्रदान गरेको दावी गर्दै युवाहरुलाई देशमै बसेर मुलुक निर्माण गर्न सुझाव दिनुभयो । मुलुकको राजनीतिले विस्तारै परिवर्तन लिन थालेको भन्दै अबको केही वर्षमा राजनीति युवाको हातमा जाँदा मात्रै देशले विकासको गति लिने दावी समेत गर्नुभयो ।

सांंस्कृतिक कार्यक्रममा कुन्ती मोक्तान र सुवानी मोक्तानले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै, भ्वाइस अफ नेपाल सिजन तीनकी निर्णायक एवं गायिका तिर्सना गुरुङ र समीक्षा अधिकारीले समेत प्रस्तुती दिएका थिए ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नजिता ल्याउने विभिन्न संकायका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कलेजले पहिलोपटक मनास्लु आइडल, मनास्लु डान्सिङ स्टार र मिस्टर एण्ड मिस मनास्लुको फाइनल आयोजना गरेर विजेतालाई समेत पुरस्कृत गरेको थियो । यस्तै, कलेजमा अध्यापनरत उत्कृष्ट ६ जना शिक्षक/शिक्षिका तथा कर्मचारीलाई सम्मान गरेको थियो ।

हरेक वर्ष कलेजले कक्षा ११ लाई स्वागत र १२ लाई बिदाई गर्ने उद्देश्यसहित सांस्कृतिक एवं स्रष्टा कार्यक्रम आयोजना गर्दै आएको छ ।