१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छः भुवन केसी



अ+ अ-

हेटौंडा । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ ।

आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमवार मकवानपुरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताउनु भयो । उहाँले नेपाली चलचित्रलाई विश्वमाझ पुर्याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताउनु भयो । उहाँले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताउनु भयो ।