२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः नामिबियाविरुद्ध नेदरल्यान्ड्सको सहज जित



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.२ ओभरमा (१३६ बल बाँकी छँदै) तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि माइकल लेभिटले सर्वाधिक ५७ रनको यागदान दिए भने म्याक्स ओ’डोडले २८ रन जोड्दा बास डि लिडे २१ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबिया ३५.१ ओभरमा सबै विकेट गुमाएर मात्र १२३ रन बनायो । नामिबियाका लागि जोनाथन स्मिथले एक चौका र २ छक्कासहित सर्वाधिक २६ रनको योगदान दिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए ।

नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चे । यस्तै, कायल क्लेइनले २ तथा म्याक्स ओ’डोड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

यसअघि नेपालसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । यता, नेपाललाई हराउँदै प्रतियोगिताको विजयी सुरुवात गरेको नामिबियाले भने पहिलो पराजय ब्यहोर्यो ।




भर्खरै