• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमा अलआउट, आर्यनले लिए ६ विकेट



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरीजमा आर्यन दत्तको घातक बलिङमा नेदरल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा सबै विकेट गुमाएर मात्र १२३ रन बनायो ।

नामिबियाका लागि जोनाथन स्मिथले एक चौका र २ छक्कासहित सर्वाधिक २६ रनको योगदान दिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए ।

नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चे । यस्तै, कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।