२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेन: भुवन केसी



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताउनुभएको छ ।

आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताउनु भयो । उहाँले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताउनु भयो ।

उहाँले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुन: पठाउने तयारी गरेको बताउनु भयो । उहाँले नयाँ ड्राफ्टमास्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महशुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो । त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण मैले बुझेको अहिलेसम्म चलचित्र ऐन पास नहुनु नै मुख्य कारण हो । किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान त्यसमा खोजिएको छ । यसपालि हामीले चलचित्र ऐन, मन्त्रालयमा अन्तिम ड्राफ्ट तयार पारेर पठाएका छाँै । सरोकारवालाहरुको सरसल्लाह बमोजिम पठाएका छौँ । पहिला पठाएको ड्राफ्टमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएको रहेछ । चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन भने त्यसले धेरै काम गर्न सक्दैन भनेर हामीले विभिन्न निकायहरुले स्वायत्तताको मागलाई प्राथमिकतामा राखेर नयाँ ड्राफ्ट तयार पारेका छाँै ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरेर राम्रो कामहरु अघि बढाइरहेको बताउनु भयो ।