९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आइपिओ निष्काशन गर्दै



अ+ अ-

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

तीमध्ये पाँच प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । 

आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु २ अर्ब २० करोड पुग्नेछ ।