१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको फराकिलो जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले बर्नलेलाई उसकै घरेलु मैदानमा ५–० गोलले पराजित गरेको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन बुकायो साकाले दुई तथा, मार्टिन ओडेगार्ड, लियान्ड्रो ट्रोसार्ड र काई हाभेट्र्जले एक–एक गोल गरे ।

जितसँगै आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ५५ अंक छ । बर्नले भने १३ अंकका साथ १९ औं स्थानमा रहेर रेलिगेशन जोनमा संघर्षरत छ ।