१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र चेल्सीको बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र चेल्सीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । सिटीको घरेलु मैदानमा खेलमा अग्रता भने चेल्सीले लिएको थियो ।

खेलको ४२ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ८३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

बराबरीसँगै सिटी २४ खेलबाट ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । चेल्सी २५ खेलबाट ३५ अंकका साथ १० औं स्थानमा छ ।