११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ ।  जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो । 

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिनुभयो । सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए । उहाँले जिल्ला अध्यक्षले नै समितिलाई पूर्णता दिने बताउनुभयो । 

समितिमा सात सदस्यीय रहेका हुन्छ । समितिको चार  युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन  युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने गर्दछ । 

सरकारले सङ्घसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्नका लागि प्रदेश युवा परिषद् गठन गर्न तयारी गरेको छ । अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ । 

परिषद्का उपाध्यक्ष ढुङ्गेलले ७५३ स्थानीय तहका वडामा पनि युवा समिति गठन गर्नका लागि ऐन ल्याउन लागिएकोे जानकारी दिनुभयो । 

सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५ ’को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो ।  सोअनुसार २०७२ सालमा परिषद् गठन भएको हो । 

उहाँले युवा राष्ट्रिय अभियान र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्ववंसेवकीय भूमिकामार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ भनेर परिषद् स्थापना गरिएको बताउनुभयो । 

परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ । हाल नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसङ्ख्या (एक करोड सात लाख) रहेका छन् ।  रासस