३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफ र अनिलको अर्धशतकमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । आसिफले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । अनिल साहले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए ।

कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा  टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन जोडेको थियो । उसका लागि स्कट इडवार्ड्सले ३३, बास डि लिडेले २७, सिब्रान्ड एंगलब्रेच्टले २३, नोहा क्रोइसले १२, म्याक्स ओ’डोडले १० तथा आर्यान दत्तले १० रन जोडे । यस्तै काइल क्लेइन ११ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामी १–१ विकेट लिए ।