११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता छैन, मलाई अन्याय भयो : प्रचण्ड



file photo
अ+ अ-

काठमाडौँ । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अन्यायमा परेको बताएका छन् । शनिबार शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेकाले न्याय र सत्यका पक्षमा बोलिदिन शिक्षकहरुलाई आग्रह गरेका हुन् । 

 ‘प्रधानमन्त्री केपि ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो । त्यसैले पार्टी एकतामा संकट पैदा भयो । अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु पर्यो ।’

ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको र जेलमा बस्दा पनि चाणक्य नीतिबाहेक केही नपढेको आरोप लगाए। उनी अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको प्रचण्डको भनाइ छ।

 ‘केपीको क्षमता भनेकै त्यही हो। विचार इमान्दारमा कुनै क्षमता छैन। बेइमानी छलकपट बाहेक केही क्षमता छैन। जेलमा चाणक्य नीतिबाहेक केही पढेन छन् । शकुनी उनलाई धेरै मनपर्छ। शकुनी उनको मनपर्ने पात्र हो। त्यसैले शकुनीको भूमिकामा छन् उनी।’

शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको प्रचण्डको रहेको छ । अदालतको फैसलासँगै ओली सँगको लडाइ जितिएको प्रचण्डको भनाइ छ ।