२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

यस्तो देखिए जलरङमा जीवा

यस्तो देखिए जलरङमा जीवा
अ अ+ अ-

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जुर्‍यो ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले शुरु गरेको ‘कोरौँ मुहारचित्र’अन्तर्गत धुम्म्रवाराहीमा जम्मा भएका चित्रकार सामु लामिछाने झण्डै तीन घण्टा घेरिनुभयो । कलाकारसामु निलो कोट, सफेद चश्मा लगाएर रातो मेचमा बस्नुभएका लामिछानेको मुहारमा चमक भरिएको पाइन्थ्यो ।

उहाँको मुहाराकृतिलाई क्यान्भासमा उत्कृष्टता प्रदान गर्न चित्रकार स्पर्धामै उत्रिएझैँ देखिएका थिए । चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो । दृश्य उतार्न जस्तो सजिलो हुन्न । मुहारका मसिना पक्ष र भाव व्यक्त गर्न कठिन हुन्छ । क्यारेक्टर बोल्नुपर्छ भन्छन् चित्रकार ।

विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भए पनि नेपालमा खासै प्राथमिकतामा नपरेको हुँदा त्यसलाई व्यावसायिकतामा ढाल्न अभियानको शुरुआत गरिएको हो भन्नुहुन्छ समाजका अध्यक्ष एनबी गुरुङ ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ । दृश्य चित्र बनाउने कलकार नै कहिलेकाहीँ मुहार चित्रमा पनि कुची चोब्छन् । त्यसैको स्वरुप हो गैरआवासीय नेपाली लामिछानेको प्रत्यक्ष हेरेर बनाइएको मुहार चित्र । यसपालि दोस्रो संस्करणमा उहाँको मुहार केलाउन अध्यक्ष गुरुङसँगै डिराम पाल्पाली, आलोक गुरुङ, ओम गुरुङ, डिबी राई, किरण सिगु, पक थापा सहभागी हुनुभयो ।

कलाकारसामु उभिएका लामिछाने भन्नुहुन्छ, “मुहार चित्र अग्र्यानिकजस्तो लाग्छ, फोटोग्राफी होइन, यो त प्राकृतिक कला हो, आम मानिससँगै मेरो पनि ठूलो रुचिको विषय नहुने कुरै भएन, त्यसैले एकै प्रस्तावमा सरिक भएँ ।” कलाकारले उहाँको मुहार हेर्दै जलरङमा कुची चोबेर शनिबार सात कोणबाट क्यान्भास भरे । 

लाइभ पोट्रेटको अवलोकन गर्न पुग्नुभएका द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक पदम जोशी लाइभ पोट्रेट मनोविज्ञानका हिसाबले पनि महत्वपूर्ण छ भन्नुहुन्छ । “यसलाई मनोविज्ञानमा आर्ट थेरापी भनिन्छ, लाइभ मोडलमा बस्दा एक किसिमको आनन्द महसुस हुन्छ, सकारात्मक सोचको विकास हुन्छ, सेल्फ केयर र आनन्ददायी हुँदा खुशीको तह धेरै बढाउने अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रम संयोजक एनबी गुरुङ मुहार चित्रलाई ग्ल्यामराइज गर्न मुहार चित्र कोर्ने अभियान थालेको बताउनुहुन्छ । चल्तीका कलाकार मात्रै होइन, नयाँ कलाकारलाई पनि प्रेरणा दिन सकौँ भन्ने उद्देश्य उहाँको छ । कला साहित्यको पारखी लामिछानेले प्रस्ताव राख्नेबित्तिकै सहज स्वीकार गरेर कलाकारलाई प्रेरणा दिनुभएको गुरुङ सुनाउनुहुन्छ ।

लेखक लामिछानेले कलाकारसामु बसेर मुहार चित्रमा सहभागी हुन पाएकामा खुशी व्यक्त गर्नुभयो । पोट्रेट परम्परागत चलन हो । आदिम युगमा ओढार, गुफामा पनि यसरी चित्र कोरिएका थिए । फोटोग्राफी आधुनिक युगमा शुरु भएको विधा हो । लामिछानेका अनुसार कला, साहित्य अजरअमर भएर बसिरहने हुँदा जीवनकै एउटा भाग हो । विकसित देशमा राज्यले नै आर्थिक हिसाबले मात्रै नभई हरेक क्षेत्रबाट सम्मान, संरक्षण भइरहेको हुन्छ । राज्य, निजी क्षेत्र र कलाकार सबै मिलेर कला–साहित्यको जगेर्न गर्नुपर्नेमा उहाँको जोड छ ।

यसअघि कलाकारले ‘कोरौँ मुहारचित्र’ को पहिलो संस्करणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका  मुहार चित्र क्यान्भासमा भरिसकेका छन् । 

बेलायतीको देखासिकीबाट नेपालमा मुहार चित्र बनाउने विधा भित्रिएको मानिन्छ । यसको श्रेय राणा प्रधानमन्त्री जङ्गबहादुरलाई जान्छ । भाजुमान चित्रकारले सन् १८५० को दशकमा बेलायत गएर सीप सिकेको कलाकार बताउँछन् । पछि चित्रकारले जङ्गबहादुरकै चित्र बनाएका कला समीक्षक रमेशनाथ खनाल बताउनुहुन्छ । दिलबहादुर चित्रकार, मास्टर चतुररत्न, अमर चित्रकार, चन्द्रमान मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकारले पोट्रेटलाई अगाडि बढाएका उहाँ सुनाउनुहुन्छ । औँला ढड्याएको पृथ्वीनारायण शाहको चित्र उनै अमर चित्रकारले बनाउनुभएको थियो ।

कला समीक्षक खनाल नेपालका क्याम्पसमा सिकाइ पनि  व्यवसायिकता हुन नसकेको बताउनुहुन्छ । पौभा, दृष्यचित्र, मुहार चित्र, अमूर्त, अरुपण, मिथिला, परम्परागत, परावस्तुवादी चित्रकला, विचारप्रधान, वस्तुवादीलगायत चित्रकलाका विधामध्ये चुनौतीपूर्ण विधाको रूपमा मुहार चित्रलाई लिइन्छ । रासस