११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादमा परेसँगै पन्तले मागे वलीसँग माफी



अ+ अ-

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तले आफ्नो भनाइले राष्ट्रिय सभा सांसद कोमल वलीलाई चोट पुगेकोमा माफी मागेका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा पन्तले  'कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद' भएको टिप्पणी गरेपछि पन्त विवादमा मुछिएका थिए । 

न्युजपोलारसँगको कुराकानीमा पन्तले आफ्नो आसय कोमल वलीलाई चोट पुर्याउने नभएको बताउँदै मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएकोमा आफू ज्यादै दुःखित रहेको बताएका हुन् । 

'मेरा शब्दले उहाँलाई चोट पुर्याएको छ भने म साँच्चै दुःखी छु। यो मेरो मनैदेखिको दुःख व्यक्त गराइ हो । सरी, मेरो आसय त्यस्तो थिएन', उनले भने, 'मैले सन्दर्भबस उहाँको गीतलाई जोड्न खोजेको थिएँ। फ्री बोल्दा, शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुःखित छु।'

पन्तले आफूले महिला समानताका लागि सधैँ आवाज उठाउने गरेको बताए ।