• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, चार विकेट गुमायो



काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको ब्याटिङ गरिरहेको नेपालले पावरप्लेमा चार विकेट गुमाएको छ । नेपालले १० ओभरमा ४ विकेट गुमएर २५ रन बनाएको छ ।

नवौँ ओभरको तेस्रो बलमा चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ । उनी १३ बलमा एक रन बनाएर आउट भएका हुन् ।

यसअघि नेपालले चौथो ओभरमा आसिफ शेखलाई गुमाएको थियो । उनी ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए ।

तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् ।