१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईनारमा खसेकी महिलाको सकुसल उद्धार-फोटो फिचर



अ+ अ-

काठमाडौंं । नेपाल प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ४ बाफल महाडोलमा ईनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ ।

बुधबार बिहान सात बजे तीर महाडोल बसोबास गर्ने वर्ष ५० की अन्जु सिंह काम गर्ने क्रममा ईनारमा खसेको सुचना पाएपछि बिपद् व्यवस्थापन कार्यालयको टोलीले सकुसल उद्धार गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा कुमारी चन्दका अनुसार प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा २५  जनाको विपद् उद्धारले सकुसल उद्धार गरेको जानकारी दिनुभयो ।

अन्दाजी १०० फिट गहिरो ईनारबाट जिवितै उद्धार गरिएकी सिंहलाई उपचारको लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।