१० मंसिर २०८१, सोमबार
,
Latest
परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत, चिनियाँ विदेशमन्त्रीसँग छन्दुमा वार्ता गर्ने हिरासतबाट रविको चेतावनी- हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा एनपीएलको टिकटदर सार्वजनिक धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थगित, कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । सोमबारको दिन अमेरिकी डलरको मुद्राको भाउ स्थगित भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८५ पैसा भएको हो । 

त्यसैगरी, अन्य केही देशको खुद्रा विनिमयदर घटबढ भएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २२ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २९ पैसा तोकिएको छ । 

आज एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५८ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी यनको खरिददर ११ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०६ पैसा तोकिएको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज यी दुवै देशको  खरिददर र बिक्रिदर घटबढ भएको छैन ।