• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छ: खानेपानीमन्त्री यादव



file photo

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंका जनतालाई १२ महिना खानेपानी दिने सरकरको योजना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुन: संरचना नगरे सम्भव नभएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यका खानेपानीको पुन:संरचना गरी त्यसैको प्रमुख भुमिका हुनेगरी निर्माण गर्नसके मात्रै अहिलेको खानेपानी समस्याको हल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्ने सरकारले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिवद्धता जनाएको २२ वर्ष हुँदा पनि नसकेको बताउनु भयो । उहाँले काठमाडौंका जनतालाई पर्याप्त मात्रामा पानी अहिलेसम्म नपाएको बताउनु भयो । उहाँले सरकारसँग १७ करोड लिटर पानी हुने तर माग ५१ करोड लिटर रहेको बताउनु भयो । उहाँले सरकारले १७ करोड लिटर पानी समयमा नै उपलब्ध नगर्दा ८ महिनासम्म मात्रै पानी दिनसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले काठमाडौंका जनतालाई १२ महिना पानी उपलब्ध गराउन सरकारले विभिन्न स्थानीय स्रोतहरुको लागि प्रयास भइरहेको बताउनु भयो । उहाँले यसको बढी जिम्मेवारी स्थानीय सरकारको भएको पनि बताउनु भयो । उहाँले सरकारले काठमाडौं उपत्यका स्थानीय सरकार प्रमुखहरुसँग बारम्बार छलफल गरिरहेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण सम्पन्न गर्ने सिमा लगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको छ । हिमाल पग्लिरहेको छ । पानीका मुहानहरु र खोलाहरु सुकिरहेका छन् । तराई मधेसमा र काठमाडौंमा पनि पानीको सतह घटिरहेको छ । यी सबै सवाल मुलुकको लागि चिन्ताको विषय बनेको छ । सरकार यसमा गम्भिर छ । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावको कारण खानेपानी चुनौति बनेको छ । त्यसलाई समाधान गर्नको लागि सरकारले मेलम्ची खानेपानी आयोजना जुन काठमाडौंका जनताको लागि खुवाउने प्रतिवद्धता २२ वर्ष भएको छ । काठमाडौंका जनतालाई पर्याप्त मात्रामा पानी पाएको अवस्था छैन । सरकारसँग १७ करोड लिटर पानी हुन्छ । ५१ करोड लिटर माग रहेको छ । सरकारले १७ करोड लिटर पानी समयमा नै उपलब्ध नगर्दा ८ महिनासम्म मात्रै पानी दिन सक्ने अवस्था हुन्छ । काठमाडौंका जनतालाई १२ महिना पानी उपलब्ध गराउन सरकारले विभिन्न स्थानीय स्रोतहरुको लागि प्रयास गरिएको छ ।’

‘यसको बढी जिम्मेवारी स्थानीय सरकारको हो । ऐन र कानूनले पनि स्थानीय,प्रदेश र संघ सरकार मिलेर खानेपानी र सरसफाई गर्नुपर्ने व्यवस्था रहेको छ । काठमाडौं उपत्यका स्थानीय सरकार प्रमुखहरुसँग बारम्बार छलफल गरिरहेका छौं । तर उहाँहरुलाई काठमाडौका जनतालाई पानीको समयमा प्रतिवद्धता हुने,सबै राजनीति पार्टीहरुको घोषणा पत्रका हुने तर कार्यान्वयनको सवालमा उपस्थित नहुने अवस्थाले चिन्ता लागेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु कति समयमा निर्माण सम्पन्न गर्ने भन्ने यकिन हुनुपर्ने आवश्यकता रहेको छ । समस्या मुख्य समाधान काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुन:संरचनाको आवश्यक छ । पुन:संरचना गर्न सकिन भने काठमाडौंको जनतालाई १२ महिना पानी खुवाउने प्रतिवद्धता छ त्यो पूरा गर्न सकिँदैन । काठमाडौं उपत्यका खानेपानीको पुन:संरचना गरी यसैको प्रमुख भुमिका हुनेगरी निर्माण गर्न सकियो भने समस्याको हल हुन्छ ।’

उहाँले नेपाल जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको बताउनु भयो । उहाँले जलवायु परिर्वतनको कारण हिमाल पग्लने,पानीका मुहानहरु र खोलाहरु सुकिरहेको बताउनु भयो । उहाँले तराई मधेसमा र काठमाडौंमा पनि पानीको सतह घटिरहेको दाबी गर्नुभयो । उहाँले जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावको कारण खानेपानीको उपलब्धतामा चुनौति बनेको बताउनु भयो ।