• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

महिला टी–२० आई क्रिकेटमा रुविना र पूजाको विश्व कीर्तिमान



काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकाल्यो । मंगलबार भएको समुहचरणअन्तर्गतको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

यो जितसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसै खेलमा नेपालका दुई ब्याटर रुविना क्षेत्री र पुजा महतोले विश्व कीर्तिमान बनाएका छन् ।

रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरे । जुन साझेदारी महिला टी–२० अन्तर्राष्ट्रियमा विश्वकै पाँचौं विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि यो कीर्तिमान अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरको नाममा रहेको थियो । २०२२ मा उनीहरुले पाँचौं विकेटका लागि भारतविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीलाई रुविना र पुजाले तोडेका हुन् ।