२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० आई क्रिकेटमा रुविना र पूजाको विश्व कीर्तिमान



अ+ अ-

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकाल्यो । मंगलबार भएको समुहचरणअन्तर्गतको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

यो जितसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसै खेलमा नेपालका दुई ब्याटर रुविना क्षेत्री र पुजा महतोले विश्व कीर्तिमान बनाएका छन् ।

रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरे । जुन साझेदारी महिला टी–२० अन्तर्राष्ट्रियमा विश्वकै पाँचौं विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि यो कीर्तिमान अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरको नाममा रहेको थियो । २०२२ मा उनीहरुले पाँचौं विकेटका लागि भारतविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीलाई रुविना र पुजाले तोडेका हुन् ।