२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा उनान्साठी हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए: रिपोर्ट



अ+ अ-

वासिङ्टन डीसी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् ।

यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।

रिपोर्ट अनुसार गत आर्थिक वर्षमा करिब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल सङ्ख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार निर्धारित योग्यता तथा आवश्यकताहरू पूरा गर्नुपर्दछ ।

अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा कानुनीरूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति/पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताहरूबाट छुट दिने यूएससीआईएस रिपोर्टले जनाएको छ ।

गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्तिहरू आईएनए धारा ३१६ (क) अर्थात् कम्तिमा पाँच वर्ष बसोबास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आईएनए धारा ३१९ (क) अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तिमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए ।

गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकहरूले सात बर्ष एलपीआरका रूपमा बिताएका थिए ।

यसबाहेक, अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको सङ्ख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग आगटेको छ ।