९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

सन् २०२३ मा उनान्साठी हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए: रिपोर्ट

सन् २०२३ मा उनान्साठी हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए: रिपोर्ट
अ अ+ अ-

वासिङ्टन डीसी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् ।

यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।

रिपोर्ट अनुसार गत आर्थिक वर्षमा करिब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल सङ्ख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार निर्धारित योग्यता तथा आवश्यकताहरू पूरा गर्नुपर्दछ ।

अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा कानुनीरूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति/पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताहरूबाट छुट दिने यूएससीआईएस रिपोर्टले जनाएको छ ।

गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्तिहरू आईएनए धारा ३१६ (क) अर्थात् कम्तिमा पाँच वर्ष बसोबास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आईएनए धारा ३१९ (क) अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तिमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए ।

गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकहरूले सात बर्ष एलपीआरका रूपमा बिताएका थिए ।

यसबाहेक, अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको सङ्ख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग आगटेको छ ।