१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी



अ+ अ-

काठमाडौँ। कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज (आइतबार) काठमाडौँमा उनको कविता संग्रह लोकार्पणसँगै उनले बनाएका चित्र प्रदर्शनी गरिएको छ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा पौड्यालको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको हो। कार्यक्रममा ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार पौड्याल स्मरणीय व्यक्तित्व रहेको बताए। उनले पौड्यालका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राखे।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईले कलाकार पौड्याल कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताए। कला र साहित्यमा पौड्यालको अतुलनीय योगदान रहेको उनको भनाइ थियो।

कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करिना बस्नेत, चिराग राई र शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा २२ कलाकार सहभागी थिए।

कविता प्रतियोगितामा अनाम ‘उपेक्षित’ प्रथम, अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय भए। यसमा २३ कवि सहभागी थिए। पौड्यालले सिर्जना गरेका चराका चित्रसँगै अन्य २२ कलाकारले बनाएका चित्र यहाँ प्रदर्शनीमा राखिएका छन्।