१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी



अ+ अ-

काठमाडौँ। कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज (आइतबार) काठमाडौँमा उनको कविता संग्रह लोकार्पणसँगै उनले बनाएका चित्र प्रदर्शनी गरिएको छ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा पौड्यालको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको हो। कार्यक्रममा ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार पौड्याल स्मरणीय व्यक्तित्व रहेको बताए। उनले पौड्यालका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राखे।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईले कलाकार पौड्याल कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताए। कला र साहित्यमा पौड्यालको अतुलनीय योगदान रहेको उनको भनाइ थियो।

कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करिना बस्नेत, चिराग राई र शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा २२ कलाकार सहभागी थिए।

कविता प्रतियोगितामा अनाम ‘उपेक्षित’ प्रथम, अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय भए। यसमा २३ कवि सहभागी थिए। पौड्यालले सिर्जना गरेका चराका चित्रसँगै अन्य २२ कलाकारले बनाएका चित्र यहाँ प्रदर्शनीमा राखिएका छन्।