४ फाल्गुन २०८१, आईतवार
,
Latest
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र



अ+ अ-

काठमाडौँ। यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले कानूनको घोषणा गरेको छ।

‘एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ।बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैरकानुनी घोषणा गरेको गृहमन्त्री यवेट कुपरले बताएका छन्।

उनका अनुसार मानिसहरूलाई बच्चाहरूलाई यौन दुर्व्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्म जेल सजाय हुन सक्छ।

गृहमन्त्री कूपरले आइतबार स्काई न्यूजसँग भने, ‘अनलाइन बाल यौन दुर्व्यवहार सामग्री बढ्दो छ। किशोर किशारीहरूलाई अनलाइनमार्फत् एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ। यो वास्तवमा एक दुःखद कुरा हो। एआईले यसलाई ‘स्टेरोइड’ मा राखिरहेको छ।’

एआईले झुटो तस्बिर बनाएर किशोरकिशोरीहरूलाई यौन दुर्व्यवहारमा फसाउन प्रयोग भइरहेको उनको भनाइ छ। ‘एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो तस्बिर तयार गर्न’ सजिलो बनाइरहेको छ। यसका साथै, उनीहरूले बच्चाहरूको तस्बिर हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुर्व्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्,’ उनले भने,‘यो सबैभन्दा घृणित अपराध हो। नयाँ कानूनले ‘बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ।’

‘अन्य देशहरूले अझै यो (कानुन बनाउने काम) गरिरहेका छैनन्, तर मेरो विचारमा अरू सबैले यसलाई पछ्याउनेछन्,” उनले भने। एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुर्व्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ।

कुपरले बीबीसीसँग भने, ‘हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुर्व्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ।’ इन्टरनेट वाच फाउन्डेसन (आईडब्लुएफ) ले यौन दुर्व्यवहारका घटनामा बालबालिकाको एआई तस्बिर उत्पादन भइरहेको भन्दै चेतावनी दिएको छ।

सन् २०२४ मा ३० दिनको अवधिमा आईडब्ल्यूएफका विश्लेषकहरूले एउटै डार्क वेब साइटमा तीन हजार ५१२ एआई बाल दुर्व्यवहार छविहरू पहिचान गरेका थिए। सबैभन्दा गम्भीर श्रेणीका तस्बिरको संख्या पनि एक वर्षमा १० प्रतिशतले बढेको छ।–रासस