२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’



अ+ अ-

वीरगञ्ज। खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताएका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान गर्ने तयारी भइरहेको बताए । यसबारे शिक्षामन्त्रालयसँग समन्वय गरिनुका साथै शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको उनको भनाइ थियो ।

सो अवसरमा ‘साउथ जोन स्कुल’का प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयबारे मन्त्री यादवलाई जानकारी गराएका थिए । यसैबीच मन्त्री यादवले आजै बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ वार्षिक साधारणसभामा सुनकोशी र हेटौँडास्थित राप्तिखोलाको पानी ल्याएर मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने मन्त्रालयको योजना रहेको बताए ।

मधेसमा मुहान सुक्दै गएकाले पानीको समस्या हुनसक्नेमा उनले चिन्ता व्यक्त गरेका छन् ।  सप्तरीदेखि पर्सासम्म सुनकोशी डाइभर्सनमार्फत पानीको व्यवस्था गर्न उर्जा मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री यादवको भनाइ थियो ।