२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध अनिलको अर्धशतक



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५१ बलमा अर्धशतक बनाएका हुन् । उनले ८ चौका प्रहार गरे ।

अनिलको यो लगातार दोस्रो अर्धशतक हो । यसअघिको शनिबारको खेलमा पनि अनिलले अर्धशतक बनाएका थिए ।

ताजा स्थितीमा नेपालले १६ ओभरमा एक विकेटको क्षतिमा ८९ रन जोडेको छ ।