२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नइलाई डा.उपाध्यायबाट एघार लाख



अ+ अ-

काठमाडौं । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई आज हस्तान्तरण गर्नुभएको हो ।

यसभन्दाअघि पनि डा। उपाध्यायले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गर्नुभएको थियो ।

नइ प्रकाशनले दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हित हेतु एघार लाख रूपियाँमध्ये दस लाख रूपियाँ राशिको व्याजबाट ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ दुर्गम जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने दुई जना छात्रालाई प्रदान गरिने सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।




भर्खरै