काठमाडौं । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई आज हस्तान्तरण गर्नुभएको हो ।
यसभन्दाअघि पनि डा। उपाध्यायले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गर्नुभएको थियो ।
नइ प्रकाशनले दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हित हेतु एघार लाख रूपियाँमध्ये दस लाख रूपियाँ राशिको व्याजबाट ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ ।
हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ दुर्गम जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने दुई जना छात्रालाई प्रदान गरिने सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।