५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई तीनै फाइनल उपाधिमा ‘धुलो चटाएको’ अष्ट्रेलिया



अ+ अ-

एजेन्सी । गत वर्ष घरेलु मैदानमा भएको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) र एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग सिनियर भारतीय टोली पराजित भएपछि आइतबार यू–१९ विश्वकपको उपाधि खेलमा पनि भारतीय युवा टोलीले अष्ट्रेलियाविरुद्ध निराश बन्यो ।

यसरी भारतले लगातार तीन पटक आईसीसीको फाइनलमा अष्ट्रेलियासँग हार बेहोर्न पुग्यो ।

दक्षिण अफ्रिकाको बेनोनीमा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतीय यू–१९ टोलीलाई ७९ रनले पराजित गर्दै चौथो पटक उपाधि जितेको छ भने उदय सहारनको नेतृत्वमा रहेको भारतीय टोली उपाधि रक्षा गर्न असफल भएको छ । अस्ट्रेलियाले हरजस सिंह (५५) को अर्धशतकीय पारीमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५३ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो ।

यो यस प्रतियोगिताको फाइनलमा बनेको उच्च स्कोर हो । यसअघि सन् १९९८ मा न्युजिल्यान्डविरुद्धको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले फाइनलमा तीन विकेट गुमाएर २४२ रन बनाएको थियो । जवाफमा भारतीय टोली ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो ।

जसरी गत वर्षको एकदिवसीय विश्वकपमा रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली सेमिफाइनलसम्म अपराजित रह्यो र फाइनलमा प्याट कमिन्सको नेतृत्वमा रहेको अष्ट्रेलियाको टोलीसँग पराजित भएको थियो, त्यसैगरी भारतको युवा टोली पनि सेमिफाइनलसम्म अपराजित रह्यो । एकदिवसीय विश्वकपमा अपराजित रह्यो, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको थियो र सेमिफाइनलसम्म कुनै पनि टोलीले पराजित गर्न सकेन ।

तर, उपाधि जित्ने क्रममा भारतीय अन्डर १९ टोलीले पनि अपराजित यात्रालाई निरन्तरता दिन सकेन । यस प्रतियोगिताको सर्वाधिक पाँच पटक उपाधि जितेको भारतीय टोली लगातार दोस्रो र छैटौं पटक उपाधि जित्ने लक्ष्य लिएर आएको थियो ।