१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि



अ+ अ-

काठमाडौँ । अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टले जितेको छ ।

गएराति भएको फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले पराजित गर्दै आयोजक आईभोरी कोस्टले तेस्रोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।

आइभोरी कोस्टको ओलम्पिक स्टेडियम अफ एविम्पेमा भएको फाइनल खेलमा ३८ औं मिनेटमा विलियम ट्रुस्ट इकंगले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा फ्रांक केसेइले गोल गर्दै आइभोरी कोस्टलाई १–१ गोलको बराबरीमा ल्याए । ८१ औं मिनेटमा सेवास्टियन हालेरले गोल गर्दै आइभोरी कोस्टलाई २–१ गोलको जितसहित उपाधि दिलाए ।