१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले क्यानडासँग अन्तिम खेल खेल्दै



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज क्यानडासँग अन्तिम खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा सवा ९ बजे खेल सुरु हुनेछ ।

यसअघिका दुई खेल जितेर सिरिज आफ्नो नाममा पारिसकेको नेपालले आजको खेल पनि जितेर क्लिन स्वीप गर्न चाहन्छ । यता, दुई खेलमा पराजय बेहोरेको क्यानडा आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो भने शनिबार नेपालले क्यानडालाई चार विकेटले हरायो ।

आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेलेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।